Saturday, 11 May 2024

समर बार्बिक्यु सम्बन्धि जानकारी

अघिल्ला बर्षहरु जस्तै यसबर्ष पनि नेपाली समाज वेल्स, युकेले समर बार्बिक्यु कार्यक्रम आयोजना गरेको जानकारी गराउन चाहन्छौं । विभिन्न व्यस्तताको बाबजुद पनि  केहि समय मिलाएर एकापसमा भेटघाट र शुख-दुखका अनुभब साटासाट गर्ने कोशे ढुङ्गोको रुपमा रहेको यस समर बार्बिक्यु  कार्यक्रम पूर्ण रुपमा मनोरन्जनात्मक तथा एक-आपसमा भलाकुसारी गर्दै नेपाली पनमा रमाउने अवसर रहेको र यस्ता खालका कार्यक्रमहरु बिरलै हुने हुँदा कार्यक्रममा सहभागी भई भरपूर्ण मनोरंजन लिनुहुन सम्पूर्ण वेल्स निवाशी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुप्रति नेपाली समाज वेल्स, यूके हार्दिक निमन्त्रणा गर्दछौं। 

कार्यक्रम सम्बन्धि अन्य जानकारी:
मिती  - १५ जुन २०२४ शनिवार  
समय - १३:०० देखि १८:०० सम्म 
स्थान - St. Albans Rugby Football Club,
Tremorfa Park, Cardiff
02920496868

कार्यक्रममा प्रवेश सहयोग शुल्क:
५ देखि १० बर्ष - £१०
१० बर्ष भन्दा माथि - £१५
५ बर्ष भन्दा मुनिका लागि - निशुल्क

कार्यक्रममा सहभागी हुन् ईच्छुक महानुभाबहरुले आ आफ्नो नामावली संस्थाको भाईबर ग्रुप चाट वा फोन मार्फत अनिवार्य रुपमा रजिस्टर गर्नु हुन् हार्दिक अनुरोध गर्दछौं।  

कार्यक्रम सम्बन्धि अन्य जानकारीको आबश्यक परेमा कार्यसमिति पदाधिकारीहरुसंग सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।  

धन्यवाद ! 

शोभा राणा पोखरेल 
सचिब 
नेपाली समाज वेल्स, यूके 

No comments:

Post a Comment