वेल्स - १६ जुन, आईतवार - ब्रेकन टाउन काउन्सिल तथा काउन्सिलका लर्ड मेयर काउन्सिलर जोन पोवेलको निमन्त्रणालाई सहर्ष स्वीकार गरि नेपाली समाज वेल्स, युकेको तर्फबाट संस्थाकी सचिब श्रीमती शोभा राणा पोखरेलको नेतृत्वमा, श्री बलराम अधिकारी, श्री विभूषण मान श्रेष्ठ एवं संस्थाका पुर्ब अध्यक्ष तथा सल्लाहकार श्री राम चन्द्र पोखरेल सहितको प्रतिनिधि मण्डलले गोर्खा मानार्थ नागरिकता परेड (The Gurkha Honorary Citizenship Parade) कार्यक्रममा सहभागिता जनाएको छ।
Brigade of Gurkhas ले वेल्सको ब्रेकन टाउनमा कार्यसम्पादन गरेको ५० औं बर्षगाँठको खुसियालीमा आयोजना गरिएको यस कार्यक्रममा गोर्खाहरुको ब्रेकन टाउन तथा ब्रेकन टाउन बासी संगको सम्बन्ध बिशेष रहेको स्मरण गर्दै यस सम्बन्धको महत्व बारे प्रकाश पारिएको थियो।
कार्यक्रममा Brigade of Gurkhas का तर्फबाट बिभिन्न परेड एबं नेपाली संस्कृतिक झलकहरु प्रस्तुत गरिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै ब्रेकन टाउन काउन्सिलका लर्ड मेयर काउन्सिलर जोन पोवेलले गोर्खाको ईतिहास र योगदान बारे बारे प्रकाश पार्दै गोर्खाहरु बेलायतको गहना भएको बताउनु भयो। त्यस्तै गरि कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदुत महामहिम ज्ञान चन्द्र आचार्यले नेपाल र बेलायतको सम्बन्ध र सो सम्बन्धमा गोर्खाहरुले खेल्नुभएको २०० बर्ष भन्दा पुरानो योगदानले महान भूमिका खेलेकोमा खुशी व्यक्त गर्नु भयो।
कार्यक्रम ब्रेकन टाउनको The Bulwark चोकमा दिनको २:३० बजेदेखि आयोजना गरिएको थियो भने विभिन्न आमन्त्रित अतिथिहरुका माँझ ५० औं बर्षगाँठको खुसियालीको केक The Guildhall मा काटिएको थियो। सोहि हलमा स्पेसल अतिथि सत्कारका साथ दिनको करिब ४:३० बजे कार्यक्रम समापन गरिएको थियो।
यस बिशेष कार्यक्रममा संस्थालाई सहभागी हुने अवसर प्रदान गर्नुभएकोमा ब्रेकन टाउन काउन्सिल तथा काउन्सिलका लर्ड मेयर काउन्सिलर जोन पोवेल प्रति नेपाली समाज वेल्स, यूके हार्दिक कृतज्ञताका साथ बिशेष धन्यवाद व्यक्त गर्दछौं।
No comments:
Post a Comment