वेल्स, यूके - ३१ अगस्ट २०२४ शनिवार - नेपाली समाज वेल्स, यूकेको आयोजनामा नेपाली चेलीहरुको महान पर्ब तिजको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ। नेपाल लगायत भारत, वर्मा र भुटान लगायत देशवाट वेल्स र इंगलैंडका विभिन्न क्षेत्रहरु न्युपोर्ट, स्वान्सि, निथ, ब्रिस्टल र बिशेष गरि कार्डिफमा वसोवास गर्ने नेपाली तथा नेपाली भाषी दिदीबहिनीको भब्य सहभागिता रहेको यस कार्यक्रम कार्डिफको सेन्ट आल्वन्स रग्वी फुटवल क्लव हलमा सम्पन्न भएको थियो।
नेपाली समाज वेल्स, युकेका का. सचिब डा विकास रानाभाटले उपस्थित सम्पूर्णमा स्वागत तथा धन्यवाद ज्ञापन गर्दै संचालन गर्नु भएको उक्त कार्यक्रममा बिदेशी माटोमा आएर पनि यति धेरै नेपाली दिदीबहिनीहरुका माँझ नेपाली पर्वहरु मनाउन पाउँदा खुशी व्यक्त गर्दै नेपाली कला र संस्कृतिको जगेर्नाका लागि संस्थाले खेलेको यस भूमिकामा साथ दिनुहने सम्पूर्णमा आभार व्यक्त गर्नुका साथै हरितालिका तिजको शुखद अबसरमा हार्दिक शुभकामना व्यक्त गर्नु भयो। कार्यक्रममा संस्थाकी अध्यक्ष लक्ष्मी के सीले स्वागत मन्तब्य तथा तिजको शुभकामना दिनु भएको थियो। अध्यक्ष केसीले उक्त कार्यक्रममा भएको अपार सहभागिताले संस्थालाई अझै बढी हौसला बढेकोमा खुसि व्यक्त गर्दै सबैमा हार्दिक आभार व्यक्त गर्नु भयो। तीज पर्ब सांस्कृतिक रुपमा क्रमशः बिस्तार हुँदै गएको र सबैलाई समान रुपमा समेट्दै गएकोमा खुशी व्यक्त गर्दै यसले समाजमा सकारात्मक प्रभाब पार्दै गएको जनाउनु भयो । पारिवारिक सु- स्वास्थ्यको कामना सहित ब्रत तथा पुजा हुने यस पर्वमा सबैमा खुशियालीको कामना गर्दै वेल्स तथा इंगलैंडका विभिन्न क्षेत्रबाट पाल्नुहुने पाहुनाहरुमा हार्दिक स्वागत गर्नुभयो। उपाध्यक्ष पदम पुनका तर्फका धन्यवाद मन्तब्य राख्दै का. सचिब डा विकास रानाभाटले उत्साहपूर्ण उपस्थितिको लागि धन्यवाद एवं शुभकामा व्यक्त गर्दै कार्यक्रम सफलताको लागि सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।
हर्ष र उल्लासका साथ सम्पन्न यस कार्यक्रममा दिदीबहिनीहरुले एकापसमा शुभकामना र खुशी साटासाट एवं पूर्ण मनोरन्जनका साथ यस बर्षको तिज पर्ब भब्य रुपमा सम्पन्न भएको छ।
कार्यक्रम सफताको लागि बिशेष सहयोग पुर्याउनुहुने महानुभावहरु: प्रेम भण्डारी, शालिकराम काफ्ले, बाबुराम खनाल, सुर्य ढकाल,जीवन के सी, बलराम अधिकारी तथा संस्थाका पूर्व अध्यक्ष र सचिव क्रमशः रामचन्द्र् पोखरेल र डा अमर ध्वज मल्ल लगायत पदम पुन, संजिव मैनाली,बल थापा, भोज नारायण रेग्मी, चित्रा देवकोटा, श्रीराम थापा मगर, उमेश थापा र प्रत्येक्ष तथा अप्रत्येक्ष रुपमा सहयोग पुर्याउनु हुने सवैमा नेपाली समाज वेल्स, यूके बिशेष धन्यबादका साथ हार्दिक आभार व्यक्त गर्दछ।धन्यवाद।
No comments:
Post a Comment