नेपालीहरुको महान पर्वहरु दशैँ र तिहारको बिचमा पारेर आयोजना गरिएको यस शुभकामना आदान प्रदान सांझमा वेल्सका विभिन्न क्षेत्रहरुबाट व्यापक सहभागिता रहेको थियो।
नेपाली समाज वेल्स यूकेकी सचिब श्रीमती शोभा राणा पोखरेलले उपस्थित सम्पूर्णमा स्वागत गर्दै शुरु गर्नु भएको उक्त कार्यक्रमा संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीले पानसमा दिप प्रज्ज्वलन गरि कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो।
सचिब शोभा राणा पोखरेलले नेपालीहरुको महान पर्ब दशैँ हामी सबैको घर आंगनबाट बिदा भई सकेको, र ढिलै भएपनि बडा दशैँको शुखद उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै माता दुर्गा भवानीले हामी सबैको रक्षा गर्नुहुनेछ भन्ने शुभेक्षा व्यक्त गर्नु भयो। साथै नजिकिदै गरेको अर्को महान पर्ब तिहार तथा भाई टिकाको शुखद उपलक्षमा हार्दिक शुभकामना ब्यक्त गर्दै सम्पूर्णमा शुख शान्ति एबं सम्ब्रिद्दिको कामना गर्नुभयो।
नेपाल तथा वेल्सको राष्ट्रिय गानले हलमा उपस्थित सबैको जन्म भुमि र कर्म भुमि प्रतिको मायां अझै प्रगाड बनाएको थियो।
संस्थाको निमन्त्रणालाई स्वीकार गरि नेपाली समाज ब्रेकनका अध्यक्ष तथा नेपाली भीलेज यूकेका प्रबन्ध निर्देशक श्री मेजर रिटायर्ड खुसीमान गुरुङ, वेल्स गोर्खा कम्युनिटी कमब्रानका अध्यक्ष श्री बद्रि योंग्या र उपाध्यक्ष श्रीमती सिता राई कार्यक्रममा उपस्थित हुनुभएको थियो।
संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीले उपस्थित सम्पूर्णमा शुभाकामना संदेश दिदै नेपालीहरुको महान चाड दशैँको महत्वबारे प्रकाश पार्दै दशैँले हामी सबैको जीवनमा हर्ष र उल्लासका साथ जीवनको हर पाईलामा सफता मिलोस भन्दै ढिलै भएपनि दशैको शुभकामना व्यक्त गर्नुभयो। त्यस्तै गरि हामी सबैको सामु आउंदै गरेको दोश्रो महान चाड शुभ दिपावलीको शुखद अबसरमा शुख शान्ति एवं सम्ब्रिद्दिको कामना गर्नुभयो।
अध्यक्ष केसीले कार्यक्रममा व्यापक सहभागिताको लागि धन्यवाद ज्ञापन गर्दै उपस्थित सबैलाई संस्थाप्रति देखाउनु भएको मायां प्रति खुशी व्यक्त गर्नुभयो। संस्थाले आफ्ना सदस्यहरुको आवश्यक सुझाब अनुरुप कार्य गर्न प्रयास गर्ने हुंदा कुनै शुझाबहरु भएमा संस्थालाई उपलब्ध गराउन र आवश्यक परेमा समन्वय र सहकार्य गर्न समेत अनुरोध गर्नु भयो। त्यस्तै गरि संस्थाको सफलताको लागि प्रतेक सदस्यहरुको उत्तिकै भूमिका रहने हुंदा, संस्थाप्रतिको मायां र सद्भाब अझै मजबुत बनाउदै संस्थालाई मायां गर्दै जान उपस्थित सबैमा हार्दिक अनुरोध गर्नुभयो। त्यस्तै गरि संस्थाले शुभारम्भ गर्न लागेको नेपाली पाठशाला सम्बन्धि जानकारी गराउंदै सबैले आफ्ना बाबु नानीहरुलाई उक्त पाठशालामा सहभागी गराउन अनुरोध गर्नु भयो।
कार्यक्रमको अर्को चरणमा स्थानीय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम भब्य रुपमा प्रस्तुत गरिएको थियो। स्थानिय कलाकारहरु सुश्री लक्ष्मी श्रेष्ठ, सुश्री मेग्नोन रेग्मी, सुश्री सेर्लिन थापा, श्री लाजेहांग कन्दंवा, श्रीमती दिव्या सुबेदी, श्री प्रदिप सुबेदी, श्री सफल क्षेत्री, श्री उमेश थापा, श्रीराम थापा मगर, श्रीमती सृजना भण्डारी र श्री पूर्ण चन्द्र लिम्बुले दमदार प्रस्तुति दिनुभएको थियो। उक्त सांस्कृतिक कार्यक्रम श्रीमती सृजना भण्डारीले संचालन गर्नुभएको थियो। दशैं तिहार कार्यक्रमलाई बडो हर्ष र उल्लासका साथ सुसम्पन्न गर्न बिशेष भूमिका खेल्नुहुने कलाकारहरुलाई हौशला स्वरुप मायाँको चिनो सहित धन्यवाद ज्ञापन गरिएको थियो।
कार्यक्रमको अर्को चरणमा नेपाली समाज वेल्स परिवारमा शैक्षिक सफतला हासिल गर्नुभएका महानुभाबहरुलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो। जसमा नेपाली समाज वेल्स यूकेका निबर्तमान सचिब डा अमर धोज मल्ल उहाँले Swansea University बाट Engineering Doctorate (EngD) in Materials, Modelling and Manufacturing, संस्थाका सह-सचिब बिकाश रानाभाटले Cardiff University बाट Doctor of Philosophy (PhD) in Hydropower Engineering, संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीले Cardiff University बाट MSc in Advanced Practice र सुश्री सिमरन अधिकारीले University of Law Bristol बाट Masters in Law, Business and Management सफतला पुर्बक सु सम्पन्न गर्नुभएकोमा बधाई तथा शुभकामना प्रदान गरिएको थियो।
त्यस्तै गरि संस्थालाई विभिन्न काल खण्डमा निस्वार्थ भावनाले सहयोग गर्नुहुने बिशेष सहयोगीहरुलाई संस्थाले सम्मान गर्ने क्रममा नेपाली समाज वेल्स, यूकेको नेपाली बिधानलाई अंग्रेजीमा ट्रान्सलेट गरि बिशेष सहयोग पुर्याउनु भएकोमा संस्थाका सल्लाहकार तथा पुर्ब अध्यक्ष श्री राम चन्द्र पोखरेललाई सम्मान गरिएको थियो।
दिपावलीको अबसरमा नेपालको झझल्को दिने गरि देउसी भैलो समेतको आयोजना गरिएको थियो। कार्यसमिति सदस्य भोज नारायण रेग्मीले संयोजन गर्नु भएको उक्त देउसी भैलो कार्यक्रममा पण्डित डा. थानेस्वोर पाण्डेलगायतका महानुभाबहरुले बिशेष सहयोग पुर्याउनु भएको थियो भने कार्यक्रममा उपस्थित सबै देउसी भैलोमा सहभागी हुंदै रम्नु भएको थियो।
कार्यक्रम सफलताको शुभकामना सहित संस्थालाई आर्थिक सहयोग समेत आएको थियो। आर्थिक सहयोग पुर्याउनु हुने मनकारी महानुभाबहरु डा. अमर धोज मल्ल £१५१, डा. बिकाश रानाभाट £१५१, श्रीमती लक्ष्मी केसी र सुश्री सिमरन अधिकारी £१५१ र श्री राम दत्त मिश्र £१०० उहाँहरुलाई संस्था सधन्यवाद सहित हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छ।कार्यक्रममा संस्थाका कोषाध्यक्ष सन्जिब मैनालीले उपस्थित सबैको नामावली संकलन तथा कोष ब्यबस्थापनमा बिशेष सहयोग पुर्याउनु भएको थियो भने उपाध्यक्ष श्री पदम पुनले दशैं तिहार शुभकामना सांझलाई सफल बनाउन सहयोग पुर्याउनुहुने सम्पूर्ण सदस्य, तथा शुभ चिन्तकहरुलाई हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो।
दशैँ तिहार शुभकामा सांझ भब्य रुपमा सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभाब प्रति संस्था स धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्दछौं।
धन्यवाद।
No comments:
Post a Comment