१६ नोभेम्बर २०२४, कार्डिफ - वेल्स - यूके। नेपाली समाज वेल्स, यूकेले नेपाली पाठशाला समुदघाटन सहित संचालनमा ल्याएको छ। १६ नोभेम्बर २०२४, शनिवारका दिन वेल्सको राजधानी कार्डिफमा भब्य समारोहका साथ नेपाली पाठशाला शुरुवात गरिएको छ। विभिन्न परिबेशले आफ्नो मातृभूमि छोडी बिदेशिनु परे पनि आफ्नो कला, संस्कृति र भाषालाई जगेर्ना गर्दै पुस्तौ पुस्ता सम्म नेपाली संस्कृति पुस्तान्तरण गर्ने अभिप्रायका साथ संचालनमा ल्याईएको नेपाली पाठशालामा साना बाबु नानीलाई नेपाली बोल्न, लेख्न, नांच, गान एवं रहन सहन सम्बन्धि ज्ञ्यानहरु सिकाउने प्रमुख लक्ष्य रहेको छ।
Saturday, 16 November 2024
Sunday, 10 November 2024
रिमेम्बरेन्स डे २०२४ भब्य रुपमा सम्पन्न
कार्डिफ - वेल्स, बेलायत - आईतवार १० नोभेम्बर २०२४, रोयल ब्रिटिश लिजनको पार्टनरसिपमा वेल्स गभरमेन्ट र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०२४ भब्य रुपमा सम्पन्न भएको छ।
कार्यक्रममा सहभागिताको लागि आएको निमन्त्रणालाई सहर्ष स्विकारी नेपाली समाज वेल्स, यूकेको प्रतिनिधिको रुपमा पुर्ब अध्यक्षहरु श्री पूर्ण चन्द्र लिम्बु, श्री राम चन्द्र पोखरेल, श्री अमृत घले, पुर्ब सचिब डा अमर धोज मल्ल, उपाध्यक्ष श्री पदम पुन, सचिब श्रीमती शोभा राणा पोखरेल, श्री मानध्वज गुरुङ, श्री चक्र गुरुङ, श्री बलराम अधिकारी, श्री बिष्णु खत्री, श्रीमती राधा घले, श्रीमती चन्द्र कुमारी गुरुङ, श्रीमती सृजना क्षेत्री लगायतका सदस्य तथा शुभ चिन्तकहरुको सहभागिता रहेको थियो।
Subscribe to:
Posts (Atom)