कार्डिफ - वेल्स, यूके - २ फेब्रुअरी २०२५, आइतवार, नेपाली समाज वेल्स, यूकेले धर्म सांकृतिक अभियान, यूकेको सहकार्यमा श्रीपञ्चमीको अवसरमा विद्याकी देवी सरस्वतीको पुजा सु सम्पन्न गरेको छ। नेपाली समाज वेल्स, यूकेले बिगत महिना देखि संचालमा ल्याएको नेपाली पाठशालाको कक्षा हलमा सरस्वती पूजाको आयोजना गरिएको हो। नेपाली पाठशालामा अध्ययनरत बालबालिका एवं अन्य नेपाली बालबालिकाहरू समेतको सहभागितामा श्रीपञ्चमीको अवसरमा विद्याकी देवी सरस्वतीको पूजा सम्पन्न्न गरिएको र पूजा सम्पन्न भएलगत्तै पाठशालाको नियमित कक्षा सुचारु गरिएको थियो। कार्यक्रममा नियमित पाठशालामा सहभागी बालबालिकाहरु सहित अन्य नेपाली बालबालिकाहरू, अभिवावकहरु एबं अन्य महानुभाबहरुको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा पण्डित डा थानेस्वर पाण्डेले सरस्वति पुजा गराउदै पुजाको आवस्यकता सम्बन्धि प्रकाश पार्नुभएको थियो। नेपाली पाठशालाको कक्षा हलमा बिहान ९ बजे शुरु गरिएको उक्त कार्यक्रम पुजा र नियमिति कक्षा सहित बिहान १०:३० मा समापन गरिएको थियो।
धन्यवाद ।
शोभा राणा पोखरेल
सचिब
नेपाली समाज वेल्स, यूके
No comments:
Post a Comment