Saturday, 8 February 2025

आठौँ महाधिबेशन भब्य रुपमा सम्पन्न

कार्डिफ, वेल्स - ८ फेब्रुवरी २०२५, शनिवारका दिन नेपाली समाज वेल्स यूकेको आठौँ महाधिबेशन भब्य रुपमा सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी के सीले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रममा सचिब श्रीमती शोभा राणा पोखरेलले उपस्थित सम्पूर्ण सदस्य महानुभाबप्रति स्वागत तथा धन्यवाद ज्ञापन गर्नु भएको थियो।  संस्थाका सदस्य महानुभाबहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको संस्थाको आठौँ महाधिबेशनमा सचिब श्रीमती शोभा राणा पोखरेलले संस्थाले सातौँ महाधिबेशन देखि आठौँ महाधिबेशन सम्म भए गरेका कार्यक्रमहरुको प्रगति विवरणको प्रतिबेदन पेश गर्नुभयो। 

त्यस्तै गरि संस्थाका कोषाध्यक्ष श्री सन्जिब मैनालीले संस्थाको आर्थिक र सहकोषाध्यक्ष श्रीमती कल्पना कन्दंवाले भौतिक सम्पति बिबरण प्रतिबेदनका रुपमा प्रस्तुत गर्नु भयो। भेलाले संस्थाको आर्थिक प्रतिबेदन सर्ब सम्मत रुपमा पास गरेको छ।  

संस्थाका विभिन्न बिभागहरुका तर्फबाट बिभागिय प्रतिबेदनहरु प्रस्तुत गरिएको थियो। नेपाली भाषा तथा पाठशाला बिभाग - डा बिकाश रानाभाट, कार्यक्रम तथा खेकुद बिभाग - श्रीराम थापा मगर, कला तथा संस्कृति बिभाग - श्री भोज नारायण रेग्मी समेतले आ आफ्नो विभागको प्रतिबेदन भेलामा प्रस्तुत गर्नु भयो। भेलाले सम्पूर्ण प्रतिबेदन सर्ब सम्मत रुपमा पास गरेको छ। 

बिधान संशोधन समितिका संयोजक डा अमर मल्लले नेपाली समाज वेल्स, यूकेको विधान सम्बन्धि आएका सुझाबहरु भेला सामु प्रस्तुत गर्नुभयो। भेलाले उहाँले प्रस्तुत गर्नुभएको सुझाबहरु उपर बृहत छलफल पछि आवश्यक कार्य गर्ने गरि महाधिबेशनले पास गएको छ।   

अध्यक्ष श्रीमती लक्ष्मी केसीले गत २ बर्षमा भए गरेका कार्यक्रमहरुको हाईलाइट प्रस्तुत गर्दै यस अबधिमा संस्थाको कार्यक्रमहरु सफल पार्न सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभाबहरु प्रति हार्दिक आभारका साथ स धन्यवाद व्यक्त गर्नुभयो। संस्थाले हालसम्म गरेको प्रगतिमा खुशी ब्यक्त गर्दै आगामी कार्यसमितिले संस्थाको गौरब अझै उचो बनाउने आशा र भरोषा व्यक्त गर्दै आफ्नो कार्यसमिति बिघटन भएको घोषणाका साथ संस्थाको संशोधित "बिधान २००९", निर्वाचन समितिको नियमावली र सुचना अन्तर्गत रहेर नयाँ कार्यसमिति चयन गर्नका लागि निर्वाचन समितिलाई अनुरोध गर्नुभयो। 

संस्थाका सल्लाहकार एवं पुर्ब अध्यक्ष श्री राम चन्द्र पोखरेल प्रमुख रहनुभएको निर्वाचन समितिमा सदस्य द्वय प. डा. थानेश्वर पाण्डेय र श्री चक्र बहादुर गुरुङले संस्थाका पंजीकृत सदस्य महानुभाबहरु मध्येबाट ११ सदस्यीय नयाँ कार्य समिति निर्बिरोध रुपमा मनोनित भएको जानकारी गराउनु भयो।

नव निर्वाचित कार्यसमितिमा श्री पदम पुन - अध्यक्ष, श्रीमति शोभा राणा पोखरेल - उपाध्यक्ष, श्री बल थापा - सचिब, श्रीमती कल्पना कन्दंवा - सह सचिब, श्री मति प्रसाद पुन - कोषाध्यक्ष, श्रीराम थापा मगर - सह-कोषाध्यक्ष र सदस्यहरुमा श्री जस बहदु कन्दवा, श्रीमती सावित्री कार्की, श्री उमेश थापा, श्रीमति सबिना थापा,  र श्री इन्द्र श्रेष्ठ सर्ब सम्मत रुपमा निर्वाचित हुनु भएको छ भने निर्वाचन समितिले नव निर्वाचित कार्य समितिलाई पद बहालीको सपथ गराउनु भएको थियो। 

निबर्तमान अध्यक्ष श्रीमती लक्ष्मी केसी र निबर्तमान सचिब शोभा राणाले महाधिबेशनमा बिशेष सहयोग पुर्याउनु हुने निर्वाचन समिति, बिधान संशोधन समिति र लेखा परिक्षण समितिलाई बिशेष धन्यवाद सहित प्रमाण पत्रले सम्मान गर्नुभयो। 

सम्मान ग्रहण गर्नेहरुमा: निर्वाचन समिति प्रमुख - श्री राम चन्द्र पोखरेल, सदस्य - प. डा थानेस्वर पाण्डेय, सदस्य - श्री चक्र बहादुर गुरुङ, बिधान संशोधन समिति संयोजक - डा अमर मल्ल, सदस्य -  श्री अमृत घले, सदस्य - श्री निरलाल मोक्तान र लेखा परिक्षण संयोजक - श्री सूर्य ढकाललाई सम्मान गरिएको थियो। 

नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समिति तथा सिंगो नेपाली समाज वेल्स यूके हार्दीक आभार सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ।  


No comments:

Post a Comment