Sunday, 13 April 2025

नयाँ वर्ष २०८२ भब्य रुपमा सम्पन्न

 १२ अप्रिल २०२५  - कार्डिफ - 

नेपाली समाज वेल्स,कार्डिफको आयोजनामा नेपाली नयाँ बर्ष २०८२  को शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा ब्रेकन टाउन काउन्सिलका काउन्सिलर श्री महादेव थापा ज्यू बिशेष अतिथिको रुपमा उपश्थित  रहनु भएको थियो। 

वेल्सको राजधानी कार्डिफको रोथ सोसल क्लबको हलमा दिनको ५ बजेदेखि शुरु भएको कार्यक्रमको शुभारम्भ  प्रमुख अतिथि ज्यु र संस्थाका अध्यक्ष ज्यु बाट पानसमा दीप प्रज्वलित गरि गरिएको थियो।  कार्यक्रममा संस्थाका सचिब श्री बल थापाले उपस्थित सम्पुर्णलाई स्वागत गर्दै, आ आफ्नो अमुल्य समय दिएर संस्थाको यस कार्यक्रममा सहभागी हुनु भएकोमा हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्नुका साथै नयाँ बर्ष २०८२ को उपलक्ष्यमा सम्पूर्ण दाजु भाई तथा दिदि बहिनीहरुको सुख, शान्ति, दीर्घ जीवन एवं समृद्धिको कामना गर्नुभयो । 


 
    संस्थाका अध्यक्ष श्री पदम पुन ज्युको अध्यक्षतामा                 सम्पन्न नेपाली नयाँ बर्ष २०८२ शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि श्री महादेव थापा ज्युले नेपाली  समाज वेल्सले गरेको निमन्त्रणा प्रति हार्दिक आभार ब्यक्त गर्दै, नेपाली भाषीहरुको जमघट,आपसमा रहेको भाइचारा एवं सौहार्दता देखेर अनि नेपाली संस्कृतिले भरिपूर्ण कार्यक्रमले आफुलाई अत्यन्त हर्षित बनाएको बताउनु हुदै उपश्थित सबै नेपाली दाजु भाई दिदि बहिनि तथा नानी बाबुहरुलाई नया बर्षको शुभकामना व्यक्त गर्नु भयो।  

नयाँ बर्षको शुभकामना आदान प्रदानको अवसर पारेर संस्थाका सदस्यहरुको घर परिवारमा शैक्षिक सफलता प्राप्त गर्नुभएका नानि बाबुहरुलाइ  प्रत्येक बर्ष बधाई तथा सम्मान गर्ने संस्थाको प्रथा अनुसार २०२४ मा शैक्षिक सफलता प्राप्त गर्नुहुने महानुभाबहरु प्रति बधाई तथा सम्मान प्रकट गर्ने पुर्ब योजना भएता पनि निर्धारित समयमा कसैको नाम टिपोट नभएकाले सो कार्यक्रम हुन सकेन ।   

उक्त शुभकामना आदान प्रदान कार्यक्रममा समाज भित्र नै रहनु भएका कलाकारहरुबाट मनमोहक सांस्कृतिक नाचहरु प्रस्तुत गरिएको थियो। नेपाली समाज वेल्सकी सह सचिब श्रीमती कल्पना कन्दंग्वाले सांस्कृतिक कार्यक्रम

संचालन गर्नु भएको र उक्त जिम्मेवारि प्रति  संस्थालाई धन्यवाद दिनुका साथै आफु गौरवान्वित भएको कुरा व्यक्त गर्नु भयो। सो अवसरमा कलाकारहरु एलि मल्ल,आयुशी ढकाल,एमिली थापा,लोजिफंग कन्दंगवा,दिव्या

खनाल,लाजेहांग कन्दंग्वा,प्रिशा पुन, रालु एभलोनिटिस, मिगनोन रेग्मी, शेरलिन थापा मगर तथा दिब्या र प्रदीप सुवेदीको जोडीले मनमोहक नृत्य प्रस्तुत गर्नुभएको थियो। 


उक्त कार्यक्रममा अत्यन्त रोचक तरिकाले राफल ड्रा प्रस्तुत गरिएको थियो। जसको सचालिका द्वय श्रीमती सुदिना मल्ल पुन र श्रीमती सावित्री कार्की श्रेष्ठ हुनहुन्थ्यो। राफल पुरस्कार जित्नुहुने सबै जना एक एक गर्दै छोटो नृत्य प्रस्तुत  गर्दै आएर आ आफ्नो पुरस्कार ग्रहण गर्नु भएको थियो। 


औपचारिक कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष श्री पदम पुनले शुभेच्छा एवं धन्यबाद मन्तब्य व्यक्त गर्नु भएको थियो। नेपाली नयाँ बर्ष सम्बन्धि प्रकाश पार्दै उक्त कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट पाल्नुहुने सम्पूर्ण महानुभाबहरुलाई स्वागत गर्दै नयाँ बर्षको शुभकामना व्यक्त गर्नु भएको थियो । आफ्नो मन्तव्यका क्रममा वहाले संस्थाद्वारा नेपाली संस्कृति उत्थान गर्ने यस्ता कार्यक्रमहरु नियमितरुपमा आयोजना गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिन सबैको खास गरि नया पुस्ताको योगदान अमुल्य  रहने हुँदा सबैले आ आफ्नो ठाउँबाट सकेको साथ सहयोग गर्न अनुरोध गर्नुभयो। त्यस पछि लगत्तै सबैको लागि मनोरन्जनको लागि डिनर तथा स्टेज खुल्ला गरिएको र उपस्थित प्राय सबै जनाले अत्यन्तै हर्सौल्लासको साथ् सामुहिक नाच गान गर्नु भएको कार्यक्रम रातको १० बजे समापन भएको थियो। 

उक्त कार्यक्रमलाई सफल बनाउनको लागि हल सजाउन आफ्नो कार्य व्यस्तताको बाबजुद अमुल्य समय दिई साथ सहयोग दिनु हुने पूर्व अध्यक्ष द्वय श्री राम चन्द्र पोखरेल र श्री निर लाल मोक्तान ज्यु साथै संस्थाका आजीवन सदस्य श्री बल राम अधिकारी ज्यु र सुर्य ढकाल ज्युलाई संस्था हार्दिक कृतज्ञता प्रकट गर्दछ। 

कार्यक्रम सफल पार्न सांस्कृतिक कार्यक्रमको लागि खटिनु हुने संस्थाको कार्यकारिणी समिति सदस्य द्वय श्रीमती सबिना थापा, श्रीमती सावित्री कार्की श्रेष्ठ तथा सुदिना मल्ल पुन, आर्थिक ब्यबस्थापनको लागि खटिनु हुने कोषाध्यक्ष श्री मति प्रसाद पुन ज्यु अनि सह कोषाध्यक्ष श्री श्रीराम थापा मगर ज्यु ,साउण्ड सिस्टम मा सहयोग गर्नु हुने श्री उमेस थापा ज्यु, फोहोर ब्यबस्थापनमा संयोजन गर्नु हुने सदस्य श्री इन्द्र श्रेष्ठ ज्यु, सदस्य श्री जस बहादुर कन्दंगवा ज्यु , अनि सबै नृत्य कलाकार लगायत समस्त दाजु भाई दिदि बहिनीहरुमा नेपाली समाज परिवार हार्दिक धन्यबाद ज्ञापन गर्दछ साथै भबिस्यमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछ।